बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार प्रतिवादीहरु वीरगंज महानगरपालिका–९ रानीघाट बस्ने ३५ वर्षीय अनिल कुमार ब्याहुत र झापा घर भई भक्तपुर चाँगुनारायण बस्ने ५० वर्षीय पुष्पराज पनेरूलाई बुधबार पक्राउ गरिएको हो ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ असार ६ गते र २०७९ भदौ ६ गतेको फैसलाले अनिललाई ९ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना र २०७९ असार २८ गतेको फैसलाले पुष्पराजलाई ३ दिन कैद र ६ लाख ७० हजार रुपैया जरिवाना ठहर भएको थियो ।
फैसलापछि फरार रहेका अनिल कुमारलाई पर्सा, वीरगंज मुरलीचोकबाट र पुष्पराजलाई भक्तपुर चाँगुनारायणबाट सिआईबीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनका लागि अनिल कुमारलाई जिल्ला अदालत चितवन र पुष्पराजलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सिआईबीले जानकारी दिएको छ ।
प्रतिक्रिया