बिहीबार, जेठ ३, २०८१

फ्लासब्याक-२०२२: ठूला बजेटका फ्लप फिल्म

नेपालखोज २०७९ पुष १४ गते १३:०७

काठमाडाैं । रणवीर सिंह स्टारर फिल्म ‘सर्कस’ ले बक्स अफिसमा निकै सुस्त सुरुवात गर्यो । ट्रेड ट्र्याकर वेबसाइटको रिपोर्ट अनुसार फिल्मले पहिलो दिन करिब ७ करोड भारु कलेक्सन गरेको थियो । विशेष कुरा के भने यो आँकडा यो वर्ष बलिउडका १० फ्लप फिल्मभन्दा कम हो । रोहित शेट्टीको फिल्मबाट यस्तो प्रदर्शनको अपेक्षा गरिएको थिएन । किनभने उनका चलचित्रले मानिसहरुलाई निकै मनोरञ्जन प्रदान गर्दै आएका छन । ‘सर्कस’ पछिल्लो १२ वर्षमा सबैभन्दा कम ओपनिङ गर्ने उनको फिल्म हो ।

हिरोपन्थी-२: २९ अप्रिल २०२२ मा रिलिज भएको अहमद खानको यो फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन । य‍ो फिल्ममा टाइगर श्राफसँगै तारा सुतारिया मुख्य भूमिकामा थिइन् भने नवाजुद्दीन सिद्दीकी पनि फिल्ममा महत्वपूर्ण भूमिकामा थिए । मिडिया रिपोर्टका अनुसार ७० करोड भारुमा बनेको यो फिल्मले बक्स अफिसमा ३५.१३ करोड भारु मात्र कमाउन सक्यो।

जयेशभाई जोरदार: १३ मे २०२२ मा रिलिज भएको बलिउडका चर्चित अभिनेता रणवीर सिंहको यो फिल्मले ठूलो घाटा बेहोर्नुपर्‍यो । दिव्याङ ठक्कर निर्देशित य‍ो चलचित्रको कुल बजेट ८६ करोड भारु भए पनि बक्स अफिसमा खासै कमाई हुन सकेन । यो फिल्मले २६.१३ करोड भारु मात्र संकलन गरेको थियो ।

बच्चन पाण्डे : बलिउडका दिग्गज अक्षय कुमारको यो फिल्म मार्च १८, २०२२ मा रिलिज भएको थियो तर फिल्मले दर्शकलाई हलसम्म ल्याउन सकेन । यो फिल्म निर्माण गर्न करिब १ सय ६५ करोड भारु खर्च भएको थियो तर फिल्मले बक्स अफिसमा ७३.१७ करोड भारु मात्रै कमाएको थियो ।

सम्राट पृथ्वीराज : यो अक्षय कुमारको अर्को फिल्म थियो जुन फ्लप साबित भयो। चन्द्रप्रकाश द्विवेदी निर्देशित यो फिल्म ३ जुन २०२२ मा रिलिज भएको थियो। यो फिल्म बनाउन करिब १ सय ५० देखि २ सय करोड भारु खर्च भएको थियो तर फिल्मले बक्स अफिसमा ९०.३२ करोड भारु मात्रै कमाएको थियो ।

रक्षा बन्धन : अक्षय कुमारको तेस्रो फिल्म ‘रक्षा बन्धन’ बाट निर्माताहरुले जति अपेक्षा गरेका थिए फिल्मले पूरा गर्न सकेन । आनन्द एल राय निर्देशित यो फिल्मको बजेट करिब १ सय करोड भारु थियो तर यसको कुल बक्स अफिस कलेक्शन निकै निराशाजनक रह्यो । यो फिल्मले मात्र ६२.६२ करोड कमाउन सक्यो ।

लाल सिंह चड्ढा : बलिउड सुपरस्टार आमिर खानलाई यो फिल्मबाट धेरै आशा थियो त्यसैले उनले यो फिल्मको ठुलै प्रचार गरे तर फिल्मको कथाले दर्शकलाई हलसम्म पुर्याउन सकेन र फिल्म फ्लप भयो। अद्वैत चन्दन द्वारा निर्देशित यो फिल्म बनाउन लगभग १ सय ८० करोड भारु खर्च भयो, तर यसको कुल बक्स अफिस कलेक्शन मात्र १२९.६५ करोड भारु थियो।

धाकड : २० मे २०२२ मा रिलिज भएको बलिउडकी चर्चित अभिनेत्री कंगना रनौतको यो फिल्म बक्स अफिसमा फ्लप सावित भएको छ । रजनीश घई निर्देशित यो फिल्मको बजेट करिब ८५ करोड भारु थियो तर फिल्मको कुल बक्स अफिस कलेक्शन अचम्मको थियो । फिल्मले जम्मा २.५ करोड मात्र कमाउन सक्यो ।

अटैक-पार्ट- १ : १ अप्रिल २०२२ मा रिलिज भएको बलिउडका दिग्गज अभिनेता जोन अब्राहमको यो फिल्म पनि दर्शकलाई हलसम्म ल्याउन असफल भयो। लक्ष्य राज आनन्द निर्देशित यो फिल्म बनाउन करिब ८० करोड भारु खर्च भएको थियो भने बक्स अफिसमा यो फिल्मको कमाई कुल २२.०७ करोड भारु मात्र थियो ।

जर्सी : प्रसिद्ध अभिनेता शाहिद कपूरको यो फिल्म धेरै अघि रिलिज हुनुपर्ने थियो तर कोभिड महामारीका कारण यो २२ अप्रिल २०२२ मा रिलिज भएको थियो । यो फिल्म पनि बक्स अफिसमा फ्लप साबित भयो। गौतम तिन्नानुरी निर्देशित यो फिल्मको बजेट ८० करोड भारु रहेको बताइएको थियो भने फिल्मको कुल कमाइ २७.९ करोड भारु मात्र थियो ।

शमशेरा : रणवीर कपूरको यो फिल्मलाई दर्शकले उत्सुकतापूर्वक पर्खिरहेका थिए तर य‍ो फिल्मले बक्स अफिसमा खासै प्रभाव देखाउन सकेन र फिल्म फ्लप भयो । करण मल्होत्रा ​​निर्देशित यो फिल्मको बजेट करिब १ सय ५० करोड भारु थियो तर फिल्मको कुल कमाई ६३.५८ करोड भारु मा सिमित भयो ।

सुपर फ्लप भएका अन्य चलचित्र :

१. राम सेतु : संकलन ७१.८७ करोड भारु
२. विक्रम वेधा : संकलन ७८.६६ करोड भारु
३. थ्याङस गड : संकलन ३४.८९ करोड भारु
४. भेड़िया : संकलन ६४.०७ करोड भारु
५. एक विलेन रिटर्न्स : संकलन ४१.६९ करोड भारु ।

प्रतिक्रिया