सोमबार, जेठ ७, २०८१

छोरी

अर्जुन पराजुली २०७९ भदौ १४ गते ८:१५

छोरी-
घाममा चौतारो बन्छन् !
झरीमा छाता बन्छन् !
अरुलाई पस्किँदा पस्किँदै
भाँडोमा भात सकियो भने
आज मलाई खान मन छैन भन्छन् !
तर पनि
छोरी किन अझै
जन्मेको घरमा बस्न पाउँदैनन् ?!
लालपुर्जामा पस्न पाउँदैनन् ?!
मेरो परिवारमा यतिजना छन् भन्नुहुन्छ बा-आमाले
तर किन छोरी गन्तीमै आउँदैनन् ?!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया