शुक्रबार, वैशाख ७, २०८१

गृहको ४८ घण्टे अल्टिमेटममा २२१ सुरक्षाकर्मी फिर्ता

नेपालखोज २०७९ पुष १४ गते २०:४२

काठमाडौं । गृह मन्त्रालयले दिएको ४८ घण्टे अल्टिमेटमपछि नियम विपरीत खटिएका २२१ जना सुरक्षाकर्मी फिर्ता भएका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रीस्तरीय निर्णय गर्दै जारी गरेको निर्देशनपछि नियम विपरीत खटिएका २२१ जना सुरक्षाकर्मी फिर्ता भएका हुन् ।

नेपाल प्रहरीबाट नियम विपरित खटिएका १०३ र सशस्त्र प्रहरी बलबाट ११८ जना सुरक्षाकर्मी फिर्ता भएको गृहमन्त्री लामिछानेका सचिवालयले जनाएको छ ।

कार्यविधि भन्दा बाहिर रहेर खटिएका सुरक्षाकर्मी अरु भेटिएमा उनीहरु फिर्ता हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया