सोमबार, वैशाख २४, २०८१

नेप्से दुई हजार २९ अंकमा पुग्दा १० अर्ब ९९ करोड ५३ लाखको काराेबार

नेपालखोज २०७९ पुष १५ गते ११:०४

काठमाडौ । यो साता नेप्से दुई हजार २९ दशमलव शून्य तीन अंकमा पुग्न सफल भएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९१ दशमलव ३० अंकमा पुग्न सफल भएको छ । सातामा दुई सय ६१ वटा कम्पनीहरुको एक लाख ८७ हजार दुई सय २४ पटकको कारोबारमा तीन करोड २२ लाख ३७ हजार छ सय ३० कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कुल कारोबार रकम १० अर्ब ९९ करोड ५३ लाख ३९ हजार नौं सय २७ रुपैंयाँ कायम हुन पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा बढी हो । गत साता भने नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको एक लाख २४ हजार ३७ पटकको कारोबारमा एक करोड ५० लाख ५२ हजार चार सय ७४ कित्ता सेयर किनबेच भएको थियो ।

जसबाट कुल कारोबार रकम चार अर्ब ९५ करोड ७७ लाख आठ हजार ५० रुपैयाँ पुगेको थियो । यो साता नेप्से चार दिन मात्र खुल्ला रहेको थियो । सो मध्ये पहिलो दिन सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो भने चौंथो दिन घटेको थियो ।

बाँकी दिनहरुमा भने नेप्से उच्च अंकले बढेको थियो । यो साता दोस्र्रो दिन ५६ दशमलव ८८ अंकले बढेर १९ सय २४ दशमलव नौ अंकमा पुग्न सफल भएको नेप्से अन्तिम कारोबार दिन पनि ५६ दशमलव ८८ अंकले बढेर दुई हजार २९ दशमलव शून्य तीन अंकमा कायम रहन सफल भएको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दोस्रो दिन आठ दशमलव ३८ अंकले बढेर तीन सय ७५ दशमलव ४५ अंकमा पुग्न सफल भएकोमा अन्तिम कारोबार दिन पनि नौं दशमलव ९८ बढेपछि तीन सय ९१ दशमलव ३० अंकमा कायम रहन सफल भएको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा नबिल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट आदि परेकाछन भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेशनल हाइड्रो पावर कम्पनी अगाडि परेका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया