प्रधानमन्त्री दाहाललाई नरेन्द्र मोदीको लिखित बधाई पत्र

नेपालखोज २०७९ पुष १५ गते १४:२४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) भएको यो भेटमा उनीहरुबीच नेपाल–भारत बीचको सम्बन्धलाई अझै मजबुद बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका बधाईपत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया