बिहीबार, जेठ ३, २०८१

मेरो देश नहारोस.. देशभक्तिपूर्ण गीतको भिडियो सार्वजनिक

नेपालखोज २०७९ पुष १५ गते २३:५६

काठमाडौं । डिलाईटेड नेपाल युटुब च्यानल डिलाईट नेपाल मार्फत नया देशभक्तिपूर्ण गीत मेरो देश नहारोस को म्युजिक भिडियो बजारमा आएको छ । राष्टिय देशभक्तिपूर्ण गीतहरुको लहरमा थपिएको नया गीत भित्र म हारे पनि मेरो देश नहारोस भन्दै गायक श्वरुपराज आचार्य, संगीतकार पुष्कर सुनुवार र गीतकार डीपी दाहाल परिश्रमी सहकार्य रहेको छ ।

देशको परिचय बोकेको यस गीतमा नेपालको कला संस्कृति र प्रकृतिलाई बिशेष ग्राहियता दिईएको छ ।यस गीतकी प्रश्तुतकर्ता रिता सिम्खडा दाहाल छन् ।

यो गीत मेलोडी नेपाल स्टुडियोमा रेकर्ड गरिएको हो । डिलाईटेड म्युजिक ईष्डष्टीज प्रालिले उत्पादन तथा बितरण गरेको यो गीत प्रकृतिप्रेमी, नेपाली कला र संस्कृति, भाइचारा बोकेको मिठो श्रृजना बनेको छ ।

भिडियो सम्पादन मोहन सुनुवार, छायांकन केशब बिश्वकर्मा, एरेन्ज, रेकर्डिष्ट एबं मिक्सीड पुष्कर सुनुवारको रहेको छ । ब्यक्ति हार्न सक्छ तर देश हार्नु हुदैन भन्ने सन्देश गीतले दिएको छ ।

प्रतिक्रिया