पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपात हुने सम्भावना
काठमाडाैं । हाल (आइतबार बिहान) देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । यस क्रममा प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
बुलेटिनअनुसार आज राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
प्रतिक्रिया