नेपाल टी २० लिगमा आज दुई खेल हुने

नेपालखोज २०७९ पुष १७ गते १०:५२

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आइतबार दुई खेल हुँदैछन् ।

आइतबारको पहिलो खेलमा जनकपुर रोयल्स र काठमाडौं नाईट्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेदेखि जारी छ ।
जनकपुर पाँचौ जितको खोजीमा रहेको छ भने काठमाडौं तेस्रो जितको खोजीमा रहेको छ ।

जनकपुर ५ खेलमा ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने काठमाडौं ४ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

आजै हुने दोस्रो खेलमा अल स्टार लुम्बिनी र विराटनगर सुपर किंग्सबीच खेल हुँदैछ । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।

प्रतिक्रिया