बुधबार, असोज २३, २०८१

कोरोना भाइरसका कारण सिरी ‘ए’का खेलहरू स्थगित

नेपालखोज २०७६ फागुन ११ गते १३:३८

काठमाडौँ । कोरोना भाइरसले इटालीमा परेको प्रभावका कारण सिरी ‘ए’का खेलहरू स्थगित भएका छन्। चीनको उहानबाट सुरु भएर संसारभरि फैलिरहेको यस भाइरसका कारण सिरी ‘ए’अन्तर्गत इन्टर मिलान र साम्पडोरियाबीचको खेलसहित आइतबारका लागि तय भएका अन्य दुई खेल स्थगित गरिएको इटालीका प्रधानमन्त्री ग्विसेपे कोन्टेले जानकारी दिएका छन्।

यसरी स्थगित भएका खेलमा इन्टर मिलानसँगै हेलास भेरोना र काग्लियारी तथा एटलान्टा र सासुलोबीचको खेल स्थगित भएको छ।

इटालीमा प्रभाव बढिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि खेल स्थगित गरिएको प्रधानमन्त्री कोन्टेले बताए। हालसम्म इटालीमा २ जनाले ज्यान गुमाएका छन् भने दर्जनभन्दा बढीको परीक्षणमा ‘पोजेटिभ’ रिपोर्ट आएको छ।

त्यस्तै सिरी ‘बी’का खेलहरू यसअघि नै स्थगित भइसकेका छन्। यसरी इटालीमा ८८ वटा फुटबल खेलहरू स्थगित गरिएको इटालियन सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया