बिहीबार, जेठ ३, २०८१

२०२३ मा रिलिज हुन लागेका २३ बलिउड फिल्म

नेपालखोज २०७९ पुष १७ गते १४:१८

काठमाडाैं । बलिउडले नयाँ वर्षबाट धेरै आशा राखेको छ किनभने नयाँ वर्षमा धेरै राम्रा फिल्म आउँदैछन् । यो सुचिमा रणवीर कपुर, सैफ अली खानदेखि लिएर धर्मेन्द्र र जया बच्चन सम्मका फिल्म छन । सन् २०२२ मा साउथ फिल्म इन्डस्ट्रीका स्टारहरूले बलिउड दर्शकलाई आफ्नो कब्जामा राखेका थिए तर, बलिउडले नयाँ वर्षबाट धेरै आशा राखेको छ ।

कुट्टे : १३ जनवरीमा रिलिज हुने यो फिल्ममा अर्जुन कपूरसँगै तब्बु, नसिरुद्दीन शाह, कोकंणा सेन शर्मा, राधिका मदन तथा शार्दुल भारद्वाज पनि देखिनेछन् ।

मिशन मजनु : यो फिल्म जनवरी २० मा रिलिज हुँदैछ । यो फिल्ममा सिद्धार्थ मल्होत्रा ​​र रश्मिकाले अभिनय गरेका छन ।

पठान : पठान २५ जनवरीमा रिलिज हुनेछ । यो फिल्ममा शाहरुख खानका अतिरिक्त दीपिका पादुकोण र जोन अब्राहम पनि देखिनेछन् ।

शेहजादा : शाहजादा १० फेब्रुअरीमा रिलिज हुँदैछ । यो फिल्ममा कार्तिक आर्यन, परेश रावल, कृति सेनन तथा मनिषा कोइरालाको मुख्य भूमिका रहनेछ ।

मैदान : यो फिल्म १७ फेब्रुअरीमा रिलिज हुँदैछ । यो फिल्म सैयद अब्दुल रहीमको बायोपिक हो । यसमा अजय देवगनले मुख्य भुमिका निर्वाह गरेकाछन् ।

सेल्फी : अक्षय कुमार र इमरान हाश्मीको फिल्म सेल्फी २४ फेब्रुअरीमा रिलिज हुँदैछ ।

मिस चटर्जी भर्सेस नर्वे : मिसेस चटर्जी भर्सेस नर्वे मार्च ३ मा रिलिज हुँदैछ । यो फिल्ममा रानी मुखर्जी मुख्य भूमिकामा छिन् ।

तु झुठी, मै मक्कार : मार्च ८ मा रिलिज हुँने यो फिल्ममा रणवीर कपुर तथा श्रद्धा कपुर पहिलोपटक एकसाथ देखा पर्दैछन ।

भोला : अजय देवगनको फिल्म भोला मार्च ३० मा रिलिज हुँदैछ ।

बवाल : यो फिल्म ७ अप्रिलमा रिलिज हुँदैछ । यसमा जान्हवी कपुर र वरुण धवनको अभिनय हेर्न पाइनेछ ।

किसी का भाइ किसी की जान : सलमान खानको फिल्म किसी का भाइ किसी की जान २०२३ अप्रिल २१ मा रिलिज हुँदैछ। यसमा पूजा हेगडे, वेंकटेश र जगपति बाबु पनि देखिनेछन् ।

रकी और रानी कि प्रेम कहानी : करण जौहर की फिल्म रकी और रानीकि प्रेम कहानी अप्रिल २८ मा रिलिज हुँदैछ । यो फिल्ममा धर्मेन्द्र, जया बच्चन, शबाना आजमी, रणवीर सिंह तथा आलिया भट्ट मुख्य भूमिकामा छन्।

यारियाँ-२ : यो फिल्म मे १२ मा रिलिज हुँदैछ जसमा यश दासगुप्ता, दिव्या खोसला कुमार, मीजान जाफरी, पर्ल पुरी तथा प्रिया प्रकाश वारियरले अभिनय गरेकाछन् ।

वीर सावरकर : भारतिय स्वतन्त्रतासेनानि वीर सावरकरको जिवनमा आधारित यो फिल्ममा रणदीप हुड्डा महत्वपूर्ण भूमिकामा छन्। यो फिल्म मे २६ मा रिलिज हुँदैछ ।

योद्वा : सिद्धार्थ मल्होत्राको फिल्म योद्वा जुलाई ७ मा रिलिज हुँदैछ । यो फिल्ममा दिशा पटानी र राशि खन्ना पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

रोल्ला : यो फिल्म जुलाई २८ मा रिलिज हुँदैछ । रोल्लामा तृप्ति डिमरी, अम्मे विर्क तथा विक्की कौशलको अभिनय हेर्न पाइनेछ।

एनिमल : एनिमल अगस्ट ११ मा रिलिज हुँदैछ । यो फिल्ममा रणवीर कपुर, अनिल कपुर, बबी देओल, रश्मिका मन्डन्ना तथा परिणीति चोपडाको अभिनय रहनेछ ।

तारिक : जोन अब्राहमको यो फिल्म १५ अगस्टमा रिलिज हुनेछ ।

ह्याप्पी टिचर्स डे : ह्याप्पी टिचर्स डे फिल्म सेप्टेम्बर ५ मा रिलिज हुँदैछ जसमा निम्रत कौर र राधिका मदन मुख्य भूमिकामा छन्।

टाइगर-३ : सलमान खानको टाइगर ३ सन् २०२३ नोभेम्बर १० मा रिलिज हुँदैछ। यो फिल्ममा कट्रिना पनि छिन् ।

साम बहादुर : विक्की कौशल, सान्या मल्होत्रा ​​तथा फातिमा शेख साम बहादुरको मुख्य भूमिकामा छन् । यो फिल्म वर्षको अन्तिम महिनाको पहिलो दिन रिलिज हुँनेछ ।

बडे मियाँ छोटे मियाँ : अक्षय कुमारको फिल्म बडे मियाँ छोटे मियाँ २०२३ को अन्तिम महिनाको २२ तारिखमा रिलिज हुँदैछ।

डंकी : राजकुमार हिरानीको फिल्म डंकी २०२३ डिसेम्बर २२ मा रिलिज हुन सक्छ । यसमा शाहरुख खानको मुख्य भुमिका छ।

प्रतिक्रिया