बिहीबार, जेठ २, २०८२

इरान : फुटबल खेलाडीहरु पक्राउ

नेपालखोज २०७९ पुष १८ गते ६:१९

काठमाडाैं । इरानको अर्ध-आधिकारिक समाचार एजेन्सीले नयाँ वर्षको पूर्वसन्ध्यामा तेहरानमा केही फुटबल खेलाडीलाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेमा केही पूर्व फुटबलर र केही हालका खेलाडी छन् । उनीहरुले नयाँ वर्षको पार्टी गरेको आरोप छ । तस्निम न्युज एजेन्सीले पक्राउ परेका खेलाडीहरुको नाम भने दिएको छैन । पक्राउ पर्दा केही खेलाडीले मादक पदार्थ सेवन गरेको पाइएको बताइएको छ ।

इरानमा अविवाहित पुरुष र महिला सहभागी हुने पार्टीलाई गैरकानुनी मानिने नियम छ । त्यस्ता पार्टीहरूलाई इरानमा सामाजिक भ्रष्टाचारको उदाहरणका रूपमा प्रस्तुत गरिन्छ । मानवअधिकारकर्मीहरूले इरानमा प्रहरीको यस्तो कार्यलाई गोपनीयताको अधिकारको उल्लङ्घन बताएका छन् ।

प्रतिक्रिया