गृहमन्त्री लामिछानेले बोलाए सीडीओ र सुरक्षा प्रमुखको संयुक्त भर्चुअल बैठक

नेपालखोज २०७९ पुष १८ गते ८:१२

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितिको जानकारी लिन भर्चुअल बैठक डाकेका छन् ।

उनले आज बिहान ९ बजे भर्चुअल बैठक डाकेका हुन् । सो बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिए ।

बोहोराका अनुसार बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया