२०२३ मा तुला राशिको भविस्य
नयाँ वर्ष अर्थात् नयाँ वर्ष २०२३ ज्योतिषिय दृष्टिकोणले कस्तो रहनेछ ? हेरौं तुला राशिका लागि यो वर्षको भविस्य । तुला राशि हुने व्यक्तिका लागि यो नयाँ वर्ष २०७९ साल मिश्रित प्रकृतिको समय रहनेछ, वर्षको अधिकतम समय दौडधूप र सङ्घर्षको परिस्थिति बन्नेछ । चुनौतीका बीचमा काममा प्रगति हुनेछ, हाँकेताकेका लक्ष्यको पूर्ति हुनेछ, कार्यक्षेत्रमा परिवर्तन हुने वा नयाँ कामको थालनी हुने सम्भावना पनि देखिन्छ । निजी क्षेत्रमा कार्यरत व्यक्तिले भने जति खटे पनि जस पाउन नसक्ने समय हो । बरु घरपरिवारमा अनेकानेक समस्याहरू एकपछि अर्को गर्दै देखापर्न सक्छन् ।
तर आपसी तालमेल जसरी भए पनि कायम रहने तथा धनप्राप्तिमा सहजता रहनाले हरेक समस्या र चुनौतीको सरलताका साथमा सामना गर्न सकिनेछ । दाजुभाइका बीचमा मनमुटाव बढ्ने तथा र सम्पत्तिसम्बद्ध समस्या देखा पर्नेछ । प्रेम सम्बन्धका दृष्टिले राम्रै समय छ ।
शत्रु बलिया देखिन्छन्, तथापि विजय तपाईंकै पोल्टामा पर्नसक्छ । शरीर स्वस्थ रहनेछ । पार्टी, भोजभतेर वा माङ्गलिक कर्मको आयोजना गर्नाले थप व्ययभार बढ्नसक्छ । आम्दानीमा कमी आउने समय होइन, तथापि पुरानो ऋणकारोबार मिलाउन हम्मेहम्मे पर्नेछ । समग्रमा बताउँदा यस वर्ष पनि शनिश्चरको अढैया दशाको प्रभाव रहने समय हो । विगतको सङ्घर्षको परिस्थिति यथावत् रहनेछ । मिहिनेत धेरै गर्नुपर्ने तथा प्रतिफल थोरै प्राप्त हुने समय हो । सन्तान र भाइबहिनीका तर्फबाट शुभ समाचार प्राप्त हुनेछ ।
भूमि, भवन अथवा वाहन लाभको योग बनेको छ, अथवा उक्त क्षेत्रसम्बन्धी काममा उपलब्धी मिल्नेछ । दाम्पत्य जीवनमा खट्पट र कलहको योग बनेको छ । सार्वजनिक क्षेत्रको काममा प्रतिष्ठा मिल्नेछ । लामो यात्रा वा वैदेशिक प्रयोजनको यात्राको योग बनेको छ । विद्यार्थीले पठनपाठनमा रुचि देखाउनेछन्, कुनै विशेष क्षेत्रमा राम्रो रिजल्ट निकाल्न सक्षम बन्नेछन् । प्रेमसम्बन्ध दृष्टिले राम्रो समय छ, सिङ्गल हुनुहुन्छ भने समुचित प्रेमप्रस्ताव आउनेछ । कुनै पर्यटकीय स्थलको यात्रा हुनेछ । शत्रुपक्ष बलिया रहेकाले सजगताका साथमा काम गर्नुपर्ने हुन्छ । व्यापार/व्यवसायमा लाभ हुनेछ । आजीविकाको खोजीमा रहेकाले राम्रो स्थान प्राप्त गर्नेछन् । नोकरीमा पदोन्नति र सरुवाको योग बनेको छ ।
विशेष सावधानी : माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाई अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।
प्रतिक्रिया