आइतबार, जेठ ६, २०८१

‘हामी हिजोलाई ठीक गर्न सक्दैनौँ, तर भोलिलाई निर्माण गर्न सक्छौँ’

सदगुरु २०७८ फागुन १९ गते ८:३७

-आफ्नो प्रजाको खुसियालीका लागि श्री रामको समर्पण आफैँलाई त्याग गर्ने हदसम्म थियो । यही गुण हरेक मानिसले अनुसरण गर्नुपर्छ, चाहे जहाँसुकै भए पनि ।

-हामी हिजोलाई ठीक गर्न सक्दैनौँ, तर हामी भोलिलाई निर्माण गर्न सक्छौँ ।

-हठ-योगको उद्देश्य शरीरलाई स्थापित गर्नु हो, जहाँ यो बाहिरी तत्त्वहरूबाट कम प्रभावित हुन्छ- शरीरलाई स्थिर आधार बनाउने, ताकि आफ्नो जीवन निर्माण गर्न सकियोस् ।

-जब तपाईं वास्तवमै प्रेमको भावमा रहनुहुन्छ, तपाईंभन्दा अर्को कोही वा अरू केही बढी महत्त्वपूर्ण बन्दछ । जब तपाईंमा यो गुण आउँछ, विकास सहज हुन्छ ।

-समाजले मानिसको चेतनालाई कुनै रूप दिनुहुँदैन । बरु, मानव चेतनाले समाजलाई दिशा दिनुपर्छ ।

-आखिर, जीवन न त पीडा हो, न आनन्द । तपाईं जस्तो बनाउनुहुन्छ, यो त्यस्तै बन्दछ ।

-अन्तर्दृष्टि भनेको हालको परिस्थितिलाई राम्रो तरिकाले बुझ्न सक्ने नभई नयाँ सम्भावनाहरू देख्नु हो । यसको लागि तपाईंलाई आफूभित्र स्पष्टता आवश्यक हुन्छ ।

-यदि तपाईं आफूभित्र रूपान्तरण चाहनुहुन्छ भने, यो उत्तम समय हो । यसदिन, प्राण–प्रतिष्ठा गरिएको स्थानमा केही समय बिताउनुहोस् । यदि तपाईं आध्यात्मिक साधनामा दीक्षित हुनुभएको छ भने, आफूलाई त्यसमा समर्पित गर्नुहोस् ।

-निष्ठा र इमानदारिता भनेको नैतिकता र मूल्य-मान्यताहरूको थुप्रो होइन । तपाईं जस्तो हुनुहुन्छ, तपाईं जसरी सोच्नुहुन्छ अनि तपाईं जे गर्नुहुन्छ- ती कति मिल्दोजुल्दो छन्, त्यही निष्ठा हो ।

प्रतिक्रिया