बिहीबार, जेठ २, २०८२

सुरु हुँदै छ विश्वकै अनौठो क्रुज यात्रा

नेपालखोज २०७९ पुष १९ गते ८:१३

भारत । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले यहि जनवरी १३ मा वाराणसीबाट विश्वको सबैभन्दा लामो रिभर क्रूजको उद्घघाटन गर्न लागेका छन् । वाराणसीबाट सुरु हुने यो क्रूजले बंगलादेश हुँदै आसामको डिब्रुगढसम्मको ३,२०० किलोमिटर लामो यात्रा पूरा गर्नेछ। जानकारी अनुसार ५० दिनको यो यात्रामा लक्जरी क्रुजमा सवार यात्रुले २७ वटा नदी तथा नहरहरु छिचोल्ने छन् । यसमा गंगा, भागीरथी र ब्रह्मपुत्रका साथै राष्ट्रिय जलमार्ग – ३ तथा पश्चिमी तटीय नहर समावेश छन्। रिपोर्टहरूका अनुसार उक्त अवधिमा क्रूज ५० भन्दा बढी पर्यटक स्थलहरूमा रोकिनेछ जसमा काशी विश्वनाथ , असमको काजिरंगा राष्ट्रिय निकुञ्ज तथा सुन्दरवन जस्ता महत्त्वपूर्ण साइटहरू समावेश छन् ।

भारतिय प्रधानमन्त्री मोदीले भनेका छन – यो संसारमा आफ्नो प्रकारको अद्वितीय क्रूज हुनेछ। जानकारी अनुसार यो भारतमा बढ्दो क्रुज पर्यटनको झलक पनि हुनेछ । भारतिय अधिकारीहरूका अनुसार भारत-बंगलादेश प्रोटोकल मार्गको विकासले क्रूजको योजना बनाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए कि भारतको केन्द्र सरकारले देशमा सय वटा राष्ट्रिय जलमार्ग बनाउने लक्ष्य लिएको छ । यी जलमार्गहरू यसरी तयार गरिनेछन् कि क्रूज जहाज तथा कार्गो यसबाट सजिलैसँग जान सक्छन्। भारतका प्रधानमन्त्रीले भनेका छन , “प्राचीन कालमा जलमार्गको प्रयोग पर्यटन र व्यापारका लागि हुने गरेको थियो ।

त्यही भएर नदीको किनारमा धेरै प्राचीन सहरहरू बिकसित भएका थिए र ती नदीको किनारमा औद्योगिक विकास पनि सम्भव भयो । भारत सरकारले गत वर्षको मे महिनामा क्रुज पर्यटनको बजेट ११ करोड डलरबाट ५ .५ अर्ब डलर पुर्याउने लक्ष्य राखेको जनाएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी १३ मा उत्तर प्रदेशको वाराणसीबाट बंगलादेश हुँदै असमको डिब्रुगढसम्मको विश्वको सबैभन्दा लामो रिभर क्रुजलाई हरियो झण्डा देखाउने छन् । यो रिभर क्रुजले विदेशी पर्यटकहरु समेत बोकेर ५० दिन सम्म गंगा-भागीरथी-हुगली, ब्रह्मपुत्र का साथै भारतको पश्चिमी तटीय किनाराको यात्रा गर्नेछ ।

यसले ३२ सय किलोमिटरको दूरी नहर सहित २७ वटा नदी पार गर्दै पूरा गर्नेछ । यो क्रुजले बंगलादेशमा करिब १,१०० किलोमिटर लामो यात्रा गर्नेछ। जानकारीका अनुसार यो विश्वकै अनौठो क्रुज हुनेछ । यसलाई भारतमा बढ्दो क्रूज पर्यटनका लागि कोसेढुङ्गा बताइदैछ। भारतीय आन्तरिक जलमार्ग प्राधिकरण (IWAI) का एक वरिष्ठ अधिकारीका अनुसार एक निजी कम्पनी द्वारा संचालित यो क्रूजमा नियमित सबै सुविधा उपलब्ध हुनेछ।

आन्तरिक जलमार्गको विकास र मर्मतसम्भारमा सरकारको बढ्दो ध्यानका साथ, हामीले नदीको गहिराई बढाउन, यात्रु र कार्गो जहाजहरूको सहज ह्यान्डलिङका लागि नेभिगेसन सुविधा र जेटीहरू स्थापना गर्न धेरै परियोजनाहरू हातमा लिएका छौं, ती अधिकारीले भनेका छन । उनका अनुसार – हाम्रो सभ्यता नदीको किनारमा विकसित भएको हो, त्यसैले यो रिभर क्रूज प्रयोग गर्ने पर्यटकहरूले सुखद अनुभव प्राप्त गर्नेछन् भने उनीहरूले स्थानीय संस्कृति र सम्पदा पनि बुझ्नेछन् ।

प्रतिक्रिया