बिहीबार, जेठ २, २०८२

आहा ! रारा गोल्ड कपबाट बाहिरियो मनाङ

नेपालखोज २०७९ पुष १९ गते २०:१२

काठमाण्डौं । आहा ! रारा पोखरा गोल्ड कपबाट मनाङ मर्स्याङ्दी क्लब बाहिरिएको छ ।

मंगलबार भएको खेलमा अमेरिकाको भुटानी युथ स्पोर्ट्स क्लब (बीवाईएससी)सँग १–० गोलले पराजित हुँदै मनाङ प्रतिस्प्रर्धाबाट बाहिरिएको हो । जितसँगै भुटानी युथ सेमिफाइलनमा प्रवेश गरेको छ ।

मनाङ ६ पटकको आहा ! राराको विजेता हो । २२ औँ संस्करणको आहा ! रारा पोखरा गोल्ड कपको पहिलो सेमिफाइनल खेल बुधवार सशस्त्र प्रहरीको एपीएफ क्लब र सङ्कटा क्लबबीच हुने छ ।

एपीएफ र सङ्कटा दुवै एक/एक पटकको आहा रारा गोल्ड कपका च्याम्पियन हुन् ।

प्रतिक्रिया