शनिबार, वैशाख १३, २०८२

२०२३ मा मकर राशिको भविस्य

नेपालखोज २०७९ पुष २० गते ७:२०

नयाँ वर्ष २०२३ ज्योतिषिय दृष्टिकोणले कस्तो रहनेछ ? हेरौं मकर राशिका लागि यो वर्षको भबिस्य : मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : मकर राशिका लागि समय निकै राम्रो रहनेछ । कार्यक्षेत्र र दैनिकीमा केही चुनौती, बाधा/अड्चन र झमेला त व्यहोर्नुपर्छ, तथापि उन्नतिको पथमा लम्किने वातावरण प्राप्त हुनेछ । नोकरीमा पदोन्नतिको योग छ भने हाकिम वा उच्च अधिकारीहरुबाट प्रशंसा, सम्मान र सहानुभूति मिल्नेछ । रोजगारीको सिलसिलामा विदेश जान सकिन्छ । बन्दव्यापार फस्टाउनेछ । आम्दानीको मार्गमा सहजता आउनेछ ।

ज्ञानगुन र शिक्षादीक्षाको क्षेत्रमा रहेका हरेक व्यक्तिको उद्देश्य सार्थक र फलदायी बन्नेछ । मुख छुच्चो हुनेछ, माइती, मावली वा ससुराली पक्षबाट अप्रिय समाचार सुन्नुपर्ने हुनसक्छ । प्रेमसम्बन्ध तथा दाम्पत्य जीवन सुखमय रहनेछ । बन्दव्यापारमा संलग्न व्यक्तिहरू र निजी क्षेत्रका जागिरेले परिश्रमको पूर्ण फल प्राप्त गर्ने समय हो । स्वयं आँफूलाई तथा घरपरिवारमा कुनै न कुनै रोगले सताइरहने समय हो, वर्षान्तमा आँखाको समस्या र रगत सम्बन्धी रोगले दु:ख दिनसक्छ, सचेत रहनु होला । यो नयाँ वर्षमा मकर राशिका व्यक्तिको हृदयमा शनिको साढेसातीको प्रभाव रहनेछ जसले मानसिक चिन्तामा बृद्धि गराउनेछ । वादविवाद र कलहको वातावरण छ ।

निरर्थक दौडधूप र भागमभाग गर्नुपर्ने परिस्थिति छ । भनेजस्तो सफलता नमिल्दा असन्तुष्टि बढ्नेछ । हरेक काममा बाधा – अड्चन आउने वा दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्नेछ । प्रशासनिक समस्या वा मुद्दामामिलाको काममा कुनै निकास देखिंदैन । दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ, तर सन्तानको चिन्ताले सताउनेछ । कुनै नयाँ कामको थालनी गर्ने मनसायमा हुनुहुन्छ भने सफलता प्राप्त हुनेछ । नयाँ वाहनको योग छ । यो विद्यार्थीले आफ्नो प्रतिष्ठा कायम राख्न थप मेहनत गर्नुपर्ने समय हो । धार्मिक, पारम्परिक र व्यवहारिक क्षेत्रमा खर्चमा बृद्धि हुनेछ । बन्दव्यापारमा भने मिश्रित फल प्राप्त होला ।

विशेष सावधानी : माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया