आज ब्रेल लिपि दिवस

नेपालखोज २०७९ पुष २० गते ९:४८

काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूले जीवनमा सामान्य व्यक्तिको जस्तो सुविधा र अवसर पाउँदैनन् । यो खाडल कोभिड लक डाउनको समयमा अझ फराकिलो भयो । अपाङ्गता भएका व्यक्तिको आवश्यकता अनुसार पूर्वाधार र नीति बनाउन अझै धेरै काम गर्न बाँकी छ भन्ने कुरा सारा विश्वभर महसुस गरिएको छ । सामान्य अवस्थामा पनि अपाङ्गता भएकाहरुले स्वास्थ्य, शिक्षा, रोजगारी एवं समाजमा सहभागी हुने अवसर कमै पाउँछन् ।

उनीहरू गरिबी, हिंसा, शोषण र पिछडिएको जीवन बिताउन बाध्य छन् । यद्यपि यो आधुनिक संसार हो । करिब १८० वर्षअघि जब ब्रेल लिपि दृष्टिविहीनका लागि विकसित भएको थियो, त्यतिबेला यो (आज पनि) अँध्यारोमा बत्तीको उज्यालो जस्तै थियो । प्रत्येक शब्द र संख्या ब्रेल लिपिमा ६ अंक मार्फत लेखिएको हुन्छ ।

संगीत, गणित र वैज्ञानिक प्रतीकहरू पनि ब्रेलमा लेख्न सकिन्छ । आज यो क्षेत्रमा अनुसन्धान बढेको छ, मेसिन र आवाजमा आधारित उपकरण विकसित भएको छ । यस बिषयमा चेतना बढ्नुपर्छ र दृष्टिविहीनहरूप्रति समाज संवेदनशील हुनुपर्छ भनेर संयुक्त राष्ट्र संघले हरेक वर्ष जनवरी ४ मा विश्व ब्रेल दिवस मनाउँदै आएकोछ ।

सन् १८०९ मा आजकै दिन ब्रेल लिपिका आविष्कारक लुइस ब्रेलको जन्म भएको थियो । लुई ब्रेलले सुरु गरेको यो अभियानलाई थप विस्तार गर्न हामी सबैले थप प्रयास गर्नु आजको आवश्यकता हो ।

प्रतिक्रिया