आइतबार, वैशाख ३०, २०८१

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

नेपालखोज २०७९ पुष २० गते ११:४०

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन भाउ बढेको छ । भने चाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ । मंगलबार पनि छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ३ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख २ सय १ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ पनि १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा नै कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया