प्रधानमन्त्री दाहाल र यूरोपेली संघकी राजदूतबीच भेटवार्ता

नेपालखोज २०७९ पुष २० गते १२:४१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र यूरोपेली संघका राजदूत नोना डोप्रेजको टोलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधबार शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्तामा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै, सम्बन्धलाई मजबुत बनाउन र शिक्षा, आर्थिक सहकार्य र लगानीका विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया