बाँस्कोटाले समाजवादीका नेताहरुलाई भने, ‘एमाले रहन मन भए सदस्यता नविकरण गर्नुस्’
काठमाण्डौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एकिकृत (समाजवादी)का पार्टी सदस्यलाई एमालेमा रहन मन भए सदस्यता नविकरण गर्न सुझाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस अपडेट गर्दै नेता बाँस्कोटाले भने, ‘समाजवादीका पार्टी सदस्यले लम्बेचौंडे कुरै गर्नु पर्दैन । जस्लाई एमालेमा रहन मन छ, उस्ले खुरुखुरु सदस्यता नविकरण गरे भैहाल्छ । अहिलेको परिप्रेक्क्षमा त्यै हो । पार्टी एकताको सजिलो विधी । राम कुमारी झाँक्रीले पनि तानेरै ल्याउन चै नखोज्नु नि ! व्यर्थै कारवाहीमा परिएला है ।’
निर्वाचनको परिणामपछि निराश बनेका, एमाले प्रवेशको दाउ हेरेका समाजवादीका नेताहरुलाई लक्षित गर्दै पार्टी सदस्यता नविकरणनै पार्टी एकताको सजिलो विधि भएको बताए ।
एमाले विभाजनका समयमा माधव कुमार नेपाललाई तानेर लगेको दृष्यलाई व्यंग्य गर्दै नेता बाँस्कोटाले ‘राम कुमारी झाँक्रीले पनि तानेरै ल्याउन चै नखोज्नु नि ! व्यर्थै कारवाहीमा परिएला है ।’
नेकपा एकिकृत समाजवादीको बैठकले भने एमालेसँग एकताका लागि हतार नगर्ने निष्कर्ष निकालेको छ । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेको समाजवादीका नेता एमाले प्रवेश गर्न चाहेपनि उपयुक्त वातावरण पर्खेको कतिपय नेताहरुको दाबी छ ।
प्रतिक्रिया