विश्वासको मत दिन कांग्रेसले लगायो ह्वीप
नेपालखोज
२०७९ पुष २६ गते १६:४६
काठमाण्डौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ ।
यसअघि कांग्रेस संसदीय दलको आज बिहान बसेको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो । कांग्रेस सांसदहरू गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले प्रचण्डलाई विश्वासको मत दिन दिन नहुने भन्दै असहमति राखेका थिए ।
संसदमा बोल्दै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया