विश्वासको मतबारे नेपालले भने, ‘सस्पेन्समै रहोस्’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयलाई सस्पेन्समै राख्न चाहेको बताए । उनले विश्वास मतबारे २६ पुसभित्र निर्णय लिने बताएका छन् ।
बुधबार युवा संघ नेपालको कार्यक्रममा अध्यक्ष नेपालले अहिले नै सरकारबारे बोल्न हतार नभएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् ।
‘हामी अगाडि सरेर बोल्न के हतार ? हामीलाई के बित्दो छ र ? २६ गते विश्वासको मत लिने हो । त्यही दिन निर्णय लिए पुगेन ?’ उनले भने, ‘त्यतिन्जेल सस्पेन्समै रहोस् ।’
उनले अहिले राजनीतिक अवस्था प्रष्ट नभएकाले आफूहरुले निर्णय गर्न हतार नगरेको बताए । ‘पोलिटिकल सिनारियो क्लियर हुनुप¥यो नि, सरकारले कस्तो नीति लिन्छ भन्ने हेर्नै पाएको छैन’ उनले भने, ‘प्रचण्डजीको अनुहार हेरेर समर्थन गरिदिने भनिदिउँला, तर अनुहारले मात्र हुँदैन, त्यहाँ अनेक छन् के के गर्छन् थाहा छैन ।’
प्रतिक्रिया