सोमबार, वैशाख २९, २०८२

अल नसरले गर्‍यो रोनाल्डोलाई भव्य स्वागत

नेपालखोज २०७९ पुष २० गते १५:१४

काठमाडौं । पोर्चुगिच स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगेका छन् । साउदी अरबको फुटबल क्लब अल नसरले मंगलबार राति घरेलु मैदान म्रसोल पार्कमा विशेष कार्यक्रम गर्दै पोर्चुगिज फरवार्ड रोनाल्डोलाई सार्वजनिक गरेको छ ।

रोनाल्डोलाई स्वागत गर्न हजारौँ समर्थक मैदान पुगेका थिए । त्यसक्रममा उनलाई आतिसवाजीसहित भव्य स्वागत गरिएको थियो । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडसँगको सम्झौता तोडेर रोनाल्डो अल नसरमा पुगेका हुन् । ३७ वर्षीय रोनाल्डो र क्लब बीच सन् २०२५ सम्मका लागि सम्झौता भएको छ । सो सम्झौतापत्रमा मंगलबार नै उनले हस्ताक्षर गरेका छन् ।

५ पटकका बालोन डिुओर विजेता रोनाल्डोले स्पोर्टिङ लिस्बनबाट उनले क्लब फुटबलमा डेब्यु गरेका थिए । उनले रियल मड्रिड र युभेन्ट्सबाट पनि खेलेका थिए । मंगलबार साउदी अरबको राजधानी रियाद पुगेपछि पत्रकार सम्मेलनमा उनले अल–नस्र क्लबसँग अनुबन्ध हुँदा आफूलाई गर्व लागेको र सन्तुष्ट रहेको बताए ।

उनले साउदी अरबको फुटबल क्लब अल–नस्रसँग १७७ मिलियन पाउण्डको सम्झौता गरेका छन् । यो सम्झौतासँगै उनी सन् २०२५ सम्म अल–नस्र क्लबमा रहनेछन् ।

प्रतिक्रिया