सोमबार, वैशाख २९, २०८२

सैनिक कारबाहीमा ७ विद्रोही मारिए

नेपालखोज २०७९ पुष २१ गते १४:००

काबुल । अफगान सेनाले बुधबार गरेको सुरक्षा कारबाहीमा सात जना इस्लामिक स्टेट(आईएस) लडाकु मारिएका छन् भने अन्य सात जना पक्राउ परेका छन् । बिहीबार पनि जारी रहेको सैन्य कारबाहीमा पश्चिमी निमरोज प्रान्तबाट सोही समूहका दुई सशस्त्र विद्रोहीलाई नियन्त्रणमा लिइएको छ ।

अफगान सुरक्षा बलले बुधबार देशको राजधानी काबुलमा आईएस सङ्गठनसँग सम्बद्ध लडाका लुकेको ठाउँमा आक्रमण गर्दा सात जना मारिएका तथा अन्य धेरैलाई गिरफ्तार गरिएको एक जना सरकारी अधिकारीले बताए ।

बुधवार साँझ काबुलको कालाचा र शुहदाई सालेहेन इलाकामा आईएसविरुद्ध भएको कारबाहीमा सात जना विद्रोही मारिएका र अन्य सात जनालाई पक्राउ गरिएको तालिबान प्रशासन प्रमुखले बताएका छन् ।

प्रतिक्रिया