संकटमा संसारका महानगरहरु

काठमाडाैं । विश्वका धेरै मेघासिटीहरू तीव्र जनसंख्या वृद्धि, प्रदूषित हावा, पानीको कमी एवं जलवायु परिवर्तनसँग जुधिरहेका छन्। इन्स्टिच्युट अफ इकोनोमिक्स एन्ड पिसले भारी दबाबको सामना गरिरहेका महानगरहरूको एउटा सूची तयार गरेको छ ।
दार-ए-सलाम : तान्जानियाको यो सबैभन्दा ठूलो सहरको जनसंख्या ७०.५० लाख छ भने २०५० सम्ममा यो जनसंख्या १ सय १८ प्रतिशतले बढेर १ करोड ६४ लाख पुग्न सक्छ । मौसमी परिवर्तनका कारण यो महानगरले आगामी वर्षहरूमा भारि वर्षाको सामना गर्नुपर्नेछ ।
नैरोबी : हाल केन्याको राजधानी नैरोबीमा ५२ लाख मानिस बस्छन् । सन् २०५० सम्ममा यो मेघासिटीको जनसङ्ख्या दोब्बर भएर १ करोड ४ लाख पुग्ने अनुमान छ । जलवायु परिवर्तनले नैरोबीमा खडेरीको संकट सिर्जना हुने बताइदैछ।
किन्शासा : प्रजातान्त्रिक गणतन्त्र कंगोको राजधानी किन्शासाको जनसंख्या २०५० सम्ममा ८४ प्रतिशतले बढेर २ करोड ९० लाख पुग्न सक्छ । यो महानगर पनि खडेरीसँग लड्ने बाटोमा छ ।
लागोस : नाइजेरियाको आर्थिक राजधानी लागोसका १.५५ करोड बासिन्दा अत्यधिक प्रदूषित हावासँग संघर्ष गरिरहेका छन्। आगामी २८ वर्षमा यो सहरको जनसङ्ख्या झण्डै दोब्बर हुने र मौसमले अत्यधिक तातो र भारी वर्षा ल्याउने बताइएको छ ।
खार्तूम : सुडानको राजधानी खार्तुमले पनि तीन दशक भित्र आफ्नो जनसंख्या दोब्बर भएको पाउनेछ । २०५० मा यो शहरको जनसंख्या १ करोड १२ लाख पुग्न सक्छ । प्रदूषित हावाका लागि बदनाम यो महानगरले भविष्यमा गर्मी र खडेरीसँग पनि संघर्ष गर्नेछ।
लुआन्डा : अफ्रिकी देश अंगोलाको राजधानी लुआन्डामा पनि ६२ प्रतिशतले जनसंख्या वृद्धि हुनेछ । अहिले ९० लाख मानिसलाई बास दिने यो महानगरले मौसमी परिवर्तनका कारण चर्को गर्मी र भारि वर्षाको सामना गर्न सक्छ ।
कराँची : कराँची १ करोड ७० लाख जनसंख्या भएको पाकिस्तानको सबैभन्दा ठूलो शहर हो । २०५० सम्म यो तटीय महानगर २ करोड ५० लाख मानिसको बासस्थान हुनेछ । प्रदूषित हावाबाट पीडित कराँचीमा मौसमी परिवर्तनले चर्को गर्मी र त्यसपछि भारि वर्षा ल्याउन सक्छ।
लाहोर : पाकिस्तानकै पञ्जाब प्रान्तको राजधानी तथा देशको दोस्रो ठूलो सहर लाहोरले विगत एक दशकदेखि गम्भीर वायु प्रदूषणको सामना गरिरहेको छ । तथ्याङ्कले देखाउँछ २०५० सम्ममा लाहोरको गर्मी निकै कठोर हुनेछ । त्यसपछि २ करोड १४ लाख जनताले यसको सामना गर्नुपर्नेछ।
सूरत : गुजरातको सूरत सहरलाई भारतको डायमण्ड सिटी पनि भनिन्छ । हाल यो सहरमा ७९ लाख मानिस बसोबास गर्छन् । यो सहर अहिले वायु प्रदूषणको चपेटामा छ । आगामी २८ वर्षमा यो महानगरको जनसङ्ख्या १ करोड २० लाख पुग्ने अनुमान छ । समय बित्दै जाँदा सूरतको मौसम बढि चिसो अनि बढि तातो हुँदै जानेछ।
अहमदाबाद : २०५० सम्ममा गुजरातको सबैभन्दा ठूलो सहर अहमदाबादमा १ करोड ३० लाख मानिसको बसोबास हुनेछ।अहिले यो सहरको जनसंख्या करिब ८५ लाख छ । मौसमी परिवर्तनले अहमदाबादमा थप गर्मी सिर्जना गर्नेछ।
११ देखि १८ नम्बरमा : यसैगरि दक्षिण एसियाली महानगर हैदरावाद, कोलकाता, मुम्बई, चेन्नई, दिल्ली, पुणे, बेंगलुरु तथा ढाका यो सूचीमा ११ देखि १८ नम्बरमा छन । यी सहर मध्ये दिल्ली र कोलकाताले बढ्दो गर्मीको सामना गर्नेछन भने पुणे भारि वर्षाले बेहाल हुनेछ । यसैगरि बाँकी महानगरहरूले गर्मी र वर्षासँग संघर्ष गर्नेछन ।
प्रतिक्रिया