शनिबार, जेठ ५, २०८१

२०२३ मा डेब्यु गर्न तयार स्टारकिड्स

नेपालखोज २०७९ पुष २१ गते १६:०४

वर्ष-२०२३ चलचित्र क्षेत्रका लागि धेरै हिसाबले विशेष रहनेछ । सन् २०२३ मा बलिउडका धेरै चर्चित स्टारकिड्स डेब्यू का लागि तयार छन् ।

हेरौं बलिउडमा डेब्यु गर्न तयार स्टारकिडहरू लाई :

सुहाना खान : यो ​​प्रसङमा पहिलो नाम बलिउडका किङ खान अर्थात् शाहरुख खानकी छोरी सुहाना खानको आउँछ । सुहाना खान जोया अख्तरको द आर्चिज बाट बलिउडमा डेब्यू गर्न तयार छिन् ।

अगस्त्य नन्दा : बलिउडका मेगास्टार अमिताभ बच्चनका नाति अगस्त्य नन्दाले सन् २०२३ मा फिल्म द आर्चिज बाट बलिउडमा डेब्यु गर्न लागेका छन् । यो फिल्म सन् २०२३ मा नेटफ्लिक्समा रिलिज हुनेछ ।

खुशी कपूर : दिवंगत अभिनेत्री श्रीदेवीकी कान्छी छोरी खुशी कपूर पनि सुहाना खान र अगस्त्य नन्दका साथमा फिल्म द आर्चिजबाट बलिउडमा डेब्यू गर्न तयार छिन्।

शनाया कपूर : अभिनेता सञ्जय कपूरकी छोरी शनाया कपूरले सन् २०२३ मा करण जोहरको फिल्म बेधडक बाट बलिउडमा पाइला टेक्ने छिन् ।

पश्मीना रोशन : राजेश रोशनकी छोरी पश्मिना रोशन इश्क विश्क रिबाउन्ड मार्फत बलिउडमा डेब्यु गर्दैछिन् । यो फिल्म सन् २००३ मा आएको फिल्म इश्क विश्वासको सिक्वेल हो ।

जुनैद खानः आमिर खानका छोरा जुनैद खान फिल्म महाराजा मार्फत डेब्यु गर्दैछन् । जुनैद खानले यो फिल्ममा पत्रकार-सुधारक करसनदास मूलजीको भूमिका निर्वाह गरिरहेका छन् । यो फिल्म सन् २०२३ मै रिलिज हुनेछ ।

यस सबै बाहेक पलक तिवारी, तनिषा सन्तोषी, अलिजेह अग्निहोत्री आदि पनि वर्ष-२०२३ मै बलिउडमा डेब्यु गर्न तयार छन् । उनिहरुले आफ्नो अभिनयले दर्शकको मन कत्तिको जित्छन् त्यसका लागि भने चलचित्रको प्रदर्सन सम्म कुर्नुपर्नेछ ।

प्रतिक्रिया