सोमबार, वैशाख २४, २०८१

१७ अंकले नेप्से बढ्दा पाँच अर्ब भन्दा बढीको सेयर किनबेच

नेपालखोज २०७९ पुष २१ गते १५:२४

काठमाडौं । नेप्सेको उच्च बृद्धिले साताको अन्तिम कारोबार दिन आज (बिहिबार) पनि निरन्तरता पाएको छ । अघिल्लो दिन झण्डै ६५ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन १७ दशमलव ९२ अंकले बढेर २१ सय ४३ दशमलव ७६ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६१ अंकले बढेर चार सय ११ दशमलव ३३ अंकमा पुगेको छ ।

आज दुई सय ५९ वटा कम्पनीहरुको ७१ हजार आठ सय १६ पटकको कारोबारमा एक करोड २५ लाख ८१ हजार नौं सय ८२ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब चार करोड सात लाख ४० हजार नौ सय ३७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा बिहिबार १३ वटा समूहहरुको कारोबार हुँदा दुई वटा समूहहरुको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव ३७ अंकले घटेर एक हजार तीन सय ९६ दशमलव आठ अंकमा झरेको छ । अन्य समूहको सूचक पनि घटेको छ । विकास बैंक समूहको सूचक भने तीन दशमलव १४ अंकले बढेर तीन हजार आठ सय पाँच दशमलव १० अंकमा चढेको छ ।

जलबिद्युत समूहको सूचक पनि ४१ दशमलव ४० अंकले बढेर २४ सय २५ दशमलव ४५ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक एक सय ३४ दशमलव ७६ अंकले बढेर १० हजार पाँच सय ९३ दशमलव ३७ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक पनि एक सय ३० दशमलव ३३ अंकले बढेर नौं हजार एक सय २३ दशमलव ५६ अंकमा चढेको छ । फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र ट्रेडिङ समूहहको सूचक पनि आज बढेका छन् ।

नेप्सेमा बिहिबार चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १२ सय ९६ रुपैयाँ ९० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिटिजन्स म्युचुअल फण्ड २ को प्रतियुनिट सेयर मूल्य तीन दशमलव तीन प्रतिशतले घटेर आनठ रुपैयाँ अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी बिहिबार हिमाललयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता २९ सय ६९ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा ४३ करोड १९ लाख ६६ हजार नौं सय ७४ रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया