मंगलबार, वैशाख २५, २०८१

अक्षय कुमार यसकारण ‘गोरखा’ बाट अलग्गिए

नेपालखोज २०७९ पुष २१ गते १६:४०

काठमाडौं । अभिनेता अक्षय कुमारले निर्देशक आनन्द एल रायको फिल्म ‘गोरखा’मा अभिनय नगर्ने भएका छन् । यो फिल्म भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको बायोपिक थियो । यो फिल्म सन् १९७१ को युद्धमा आधारित थियो ।

मेजर जनरल इयान कार्डोजोले सन् १९७१ को युद्धमा उनको खुट्टा एक लेन्ड लाइनमा परेपछि खुकुरीले आफ्नो खुट्टा काटेका थिए । निर्देशक रायका अनुसार फिल्मको स्क्रिप्टको काम अन्तिम चरणमा रहेको छ ।

कथा पूरा भएपछि फिल्मको छायांकन सुरु गर्ने रायको योजना भए पनि अक्षय पछि हटेपछि कसलाई अभिनय गराउने भन्नेमा अन्यौलमा छन् । अक्षय फिल्मबाट अलग्गिएको उनका प्रवक्ताले पुष्टि गरेका छन् । तर के कारणले उनी अलग्गिए भन्ने विस्तृत खुलाएका छैनन् ।

प्रतिक्रिया