मंगलबार, चैत ४, २०८१

आमा बन्दै छिन अनुश्का शर्मा

नेपालखोज २०७७ भदौ १२ गते ९:५९

एजेन्सी । बलिउड अभिनेत्री अनुश्का शर्मा आमा बन्दै छिन् । बलिउडका धेरै जसो अभिनेत्रीहरूले लकडाउनको समयलाई आमा बन्ने सही र फुर्सदिलो समय मानेका छन्।

Advertisement

केही दिनअघि मात्र बलिउड अभिनेत्री करिना कपुरले आफु आमा बन्न लागेको खबर दिएकी थिइन अब आमा बन्ने लिस्टमा अर्की अभिनेत्री अनुश्काको नाम पनि थपिएको छ। सन् २०१७ मा भारतीय क्रिकेटर विराट कोहलीसँग विवाह बन्धनमा बाधिएकी अनुश्काले पनि लकडाउनलाई आमा बन्ने उपयुक्त समय मानेकी छिन्।

हालै अनुश्काले इन्स्टाग्राम अकाउन्टमा आफ्नो र पति विराटको फोटो शेयर गर्दै आफूहरू छिट्टै नै दुईबाट तीन हुन लागेको र सन् २०२१ को जनवरीमा आफू आमा बन्ने जानकारी दिएकी हुन्। तस्वीरमा विराट र अनुश्का निकै खुसी देखिएका छन् भने अनुश्काको बेबी बम्प पनि देखिएको छ।

अनुश्का र विराट आमाबाबु बन्न लागेको खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा उनीहरूलाई फ्यान तथा सेलिब्रेटीहरूले बधाई तथा शुभकामना दिइरहेका छन्।

प्रतिक्रिया