बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपालखोज
२०७९ पुष २१ गते १८:१६

काठमाडौंं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार मकवानपुरको साविक हर्नामाडी गाविस वडा नं ५ परिवर्तित हेटौंडा घर भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएका ५६ बर्षिय सरोज कार्कीलाई पक्राउ गरिएको हो ।
बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनबाट २०७९ असोज ३१ गते भएको फैसलामा पाँच लाख ५० हजार रुपैंयाँ जरिवाना, दुई दिन कैद र २२ हजार रुपैंयाँ क्षतिपुर्ती शुल्क भराउने फैसला भएको थियो ।
फैसला पश्चात फरार रहेका काकीलाई बुधबार ललितपुरको चापागाउँ दोवाटोबाट पक्राउ गरिएको हो । कार्यालयका अनुसार पक्राउ परेका कार्कीलाई सोही दिन फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया