बिहीबार, जेठ २, २०८२

रूसी राष्ट्रपति पुटिनद्वारा ३६ घन्टे युद्धविरामको घोषणा

नेपालखोज २०७९ पुष २२ गते ८:१०

काठमाडाैं । रुस र युक्रेनबीच जारी युद्धको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ३६ घण्टाको युद्धविराम घोषणा गरेका छन् । रुसी अर्थोडक्स चर्चका प्रमुख पेट्रियार्क किरिलको प्रस्तावपछि यो आदेश आएको हो। रक्षामन्त्री सर्गेई शोइगुलाई सम्बोधन गरिएको पुटिनको यो आदेश क्रेमलिनको वेबसाइटमा प्रकाशित गरिएको छ ।

यो युद्धविराम आज शुक्रबार देखि भोलि सनिवार राति सम्म लागू हुनेछ । उक्त आदेशमा भनिएको छ- ठूलो संख्यामा अर्थोडक्स नागरिकहरू युद्ध क्षेत्रमा बस्छन् भन्ने तथ्यका आधारमा हामी युक्रेनी पक्षलाई युद्धविराम घोषणा गर्न आह्वान गर्दछौं । रुसी अर्थोडक्स चर्चका प्रमुखले बिहीबार युक्रेनमा यो सप्ताहन्तमा ३६ घण्टाको क्रिसमस युद्धविरामका लागि आह्वान गरेका थिए ।

यद्यपि उनको अपीलले लगभग ११ महिना अघि रूसी आक्रमणका साथ सुरु भएको युद्ध रोक्ने दिसामा कुनै प्रगति हुने सम्भावना देखिँदैन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले २५ डिसेम्बरअघि रुसी सेना फिर्ता गर्ने प्रस्ताव राखे पनि रुसले त्यसलाई अस्वीकार गरेको थियो ।

प्रतिक्रिया