आइतबार, असार १५, २०८२

बाबुराम भट्टराईले भने, ‘गणतन्त्र विरोधीसँग घाँटी नजोडौं’

नेपालखोज २०७९ पुष २२ गते ८:२१

काठमाण्डौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्र विराधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्थानै धरापमा पर्नसक्ने चेतावनी दिएका छन् । विहिबार राति ट्वीट गर्दै नेता भट्टराईले २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दा दुष्परिणाम भोगेको बताउँदै नबिर्सन सुझाएका छन् ।

उनले लेखेका छन्, ‘गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुनसक्छ ! सरकारको अंकगणितनिम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसंग घाककटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ । २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं !’

नयाँ सरकारलाई पुर्णता दिने मामिलामा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपाले सरकारमा सहभागी बन्न केही सर्त अघि सारेका छन् भने सत्ता साझेदार दलहरु पनि राप्रपालाई सरकारमा सहभागी गराउने मुडमा देखिएका छन् ।

संघीय संसदमा १३ सिट पाएको राप्रपाले राजसंस्था सहितको नेपाल र संघीयताको विरोधमा राजनीतिक गतिविधि संचालन गर्दै आएको छ ।

प्रतिक्रिया