पाल्पा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
नेपालखोज
२०७९ पुष २२ गते ९:१९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज बिहान ट्वीट गर्दै सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन अपिल समेत गरेका छन् ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मधुवन टारीफाँट नजिकै गएराति दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् ।
प्रचण्डले मृतकका आफन्तहरुप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
यो पनि पढ्नुहोस् ।
पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु
सम्बन्धित

प्रतिक्रिया