बुधबार, जेठ १, २०८२

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७९ पुष २२ गते १७:३७

काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ४ घर भएका ३७ बर्षिय गोकुल खनाललाई पक्राउ गरिएको हो ।

उक्त कार्यालयकाअनुसार बैंकिङ कसुर सम्वन्धी मुद्धामा उच्च अदालत पाटनबाट २०७८ बैशाख सात गते भएको फैसलामा दुई दिन कैद र पाँच लाख रुपैंयाँ जरिवाना तथा पीडत कोषमा २० हजार रुपैयाँ भराउने फैसला भएकोमा खनाल उक्त फैसला लगत्तै फरार भएका थिए ।

यसरी फरार भएका खनाललाई शुक्रबार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ४ नारायणटारबाट पक्राउ गरिएको हो । पक्राउ परेका खनाललाई शुक्रबार नै फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेस गरिएको जानकारी पनि उक्त कार्यालयले दिएको छ ।

प्रतिक्रिया