पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने तयारी
नेपालखोज
२०७९ पुष २३ गते ६:३४

काठमाडौं । पुस २७ मा सार्वजनिक विदा दिनुपर्ने राप्रपाको पहिलो सर्त पुरा हुने भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने गठित कार्यदलमा २७ पुसमा सार्वजनिक विदा दिने सहमति जुटेको हो ।
कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा भनिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने ।’
यो सर्त पुरा हुने भएपनि राप्रपा पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको यो सरकार सहभागी बन्ने पक्का भएको छ ।
सम्बन्धित

प्रतिक्रिया