आइतबार, वैशाख २३, २०८१

पार्टी प्रवेश

सुजम्बर सम्भव २०७९ पुष २३ गते ८:२७

खादाहरु उनका गलामा मुस्कुराईरहन्छन्
अबिरहरु उनका गालामा फक्रीरहन्छन्
हातहरु उनका हातसित मिलिरहन्छन्,
फरक यति हो,
ती खादा र अबिरहरु
पसलमा रहेसम्म साहुको हुन्छ,
किने पछि किन्नेको हुन्छ
त्यो कुनै बेला पार्टीको हुन्छ
कुनै बेला साथीको हुन्छ
तर लाएपछी न लाउनेको हुन्छ, न लाईदिनेकोरु
खादा आफैँमा अन्योलमा छ कि ऊ कसको होरु
लाउने झन अन्योलमा छ कि उसले के लगाएको होरु

अकारण,
जर्साबको आदेशमा अतालिए झैं
बडाहाकिमको सामु लठ्ठीए झैं
बाघको सामु परेको बबुरो हरिण झैं
सर्पको सामु परेको भ्यागुतो झैं
बासुरीको धुनमा लठ्ठीएको नागिन झैं
आफ्नै रापले डढेको सुर्य झैं
डढिररहन्छ निरन्तर ।।।
लठ्ठीरहन्छ निरन्तर ।।।
आत्तिरहन्छ निरन्तर ।।।

के गरोस त बिचरारु
एक गाँसले उसलाई बिटुलो बनाएको छ,
एक थान आशले उसलाई अनिदो बनाएको छ,
त्यसैले मौसम अनुसार पार्टी फेरिरहन्छ।
भनिरहन्छ निरन्तर ।।।
लालसलाम ।।।
अभिवादन ।।।
संघीय अभिवादन ।।।
जय नेपाल ।।।

प्रतिक्रिया