बिहीबार, वैशाख १३, २०८१

खरानी नहोस मान्छे !

रोसन श्रेष्ठ २०७९ माघ १२ गते १४:३३

म उडिरहेको धुवा
तिमी आवाजहिन गीत
म हारिरहेको जुवा
तिमी पुरस्कार विहिन जीत !!

मृत्यू असम्भयाबी छ
उ मृत्यू नै बनेर आओस
हत्या बनी हैन
आत्महत्या बनी हैन
आओस प्राकृतिक रुपमा नै दैब!

पैसा यती सुन्दर छ
यती भयङ्कर छ
पैसाले बैस लान्छ
रुपैयाले ज्यान खान्छ !
केहि रहर
केहि बाध्यताले गलायो
एउटा मान्छे फेरी समयले ढलायो !

देश आफ्नै थियो सधै
देश हाक्ने जहिल्यै पराइ
आज उसलाई पर्यो
फेरी कसैलाई नपरोस
नहुनु भइसक्यो
अब लेखेर पो के ?
बोलेर पो के ?

ए ! जाग !
सुतेका ती मगजहरु
ए ! उठ !
निदाएका ती आत्माहरु
फेरी पनि
ती आखाका अन्धोपना नहटे
आगोले लान्छ मान्छे
धागोले खान्छ मान्छे

जानेको परलोकको यात्रा राम्रो होस्
बस्नेको यस लोकको यात्रा मिथ्या नहोस
बाचुन मान्छे
हाँसुन मान्छे
फेरी सडकमा
निरीह बनी
खरानी नहोस मान्छे !

प्रतिक्रिया