सोमबार, असोज २८, २०८१

काठमाडौंलाई ७ विकेटले पराजित गर्दै विराटनगर प्लेअफमा

नेपालखोज २०७९ पुष २३ गते १३:३२

काठमाडाैं । विराटनगर सुपर किंग्स काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी २० लिग क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ । काठमाडौं नाइट्सलाई ७ विकेटले पराजित गर्दै  विराटनगरले  प्लेअफमा स्थान सुरक्षित गरेको हो ।  जितका लागि पाएको  १५५ रनको लक्ष्य  विराटनगरले १८.४ ओभरमा  ३ विकेटको क्षतीमा पुरा गर्यो ।  जसमा  कप्तान रोहित पौडेलले ६६,गौरन्शु शर्माले ५१ रनको योगदान गरे ।  काठमाडौंका अभिनाश बोहराले २ विकेट हात पारे ।  
 
त्यसअघि  त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिंग गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १५४ रन बनायो । जसमा सन्तोश कार्की ३४, एलेक्स ब्लेक ३४,सन्दीप रजाली ३० रनमा आउट भए । विराटनगरका राज नन्ननले ४ विकेट लिए । १० खेलबाट पाँच खेल जितेर विराटनगर प्लेअफमा पुगेको हो ।  समान १० खेलबाट ४ खेल जितेको काठमाडौंको पनि प्लेअफ पुग्ने सम्भावना जीवित छ ।  

आजै हुने पोखरा एभेन्जर्स   र फार वेस्टर्न युनाइटेडबीचको खेलमा फारवेस्टर्न जितेका काठमाडौं प्लेअफ पुग्नेछ ।  
पोखराले जितेका रनरेट हेरिनेछ । लुम्बिनी १६ अंक र जनकपुर  १४ अंकका साथ यसअघि नै क्वालिफायर भइसकेका छन् ।   

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा पुस ९ गतेदेखि सञ्चालन भएको नेपाल टी २० लिगमा ६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड रहेका छन् । प्रतियोगिताको विजेता टोलीले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेताले ३० लाख नगद प्राप्त गर्ने छ । 

यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ ।  प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । 

 यसका साथै इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् । 

प्रतिक्रिया