बिहीबार, असोज २४, २०८१

प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली

नेपालखोज २०७९ पुष २४ गते ६:१५

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने पश्चिम र मध्य तराईका केहि भू(भागहरूमा हुस्सुरकुहिरोर शितलहर लागिरहेको विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ भने बिहानीपख तराईका धेरै भू-भागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेको छ ।

प्रतिक्रिया