नेसपाले आज वार्ता टोली बनाउँदै

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले वाम दलहरुबीच एकताका लागि वार्ता टोली गठन गर्दैछ । आज बिहान ११ बजे पार्टी कार्यालय सुविधानगर तिनकुनेमा बस्ने राजनीतिक समितिको बैठकबाट वार्ता टोली गठन गर्ने नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले बताए ।
पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने जानकारी दिए । साथै सम्वादको लागि सम्वाद समिति पनि गठन गर्ने उनले बताए ।
गत मंसिर ४ को निर्वाचनमा नेसपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लडेको थियो । त्यसअघि नै माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईबीच पार्टी एकताबारे छलफल चल्दै आएको थियो । प्रचण्ड र बाबुरामबीच शनिबार पनि छलफल भएको थियो । लगत्तै बसेको नेकपा माओवादी केन्द्रको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
प्रतिक्रिया