आइतबार, मंसिर २८, २०८२

ट्विटरबाट फेरि निकालिए कर्मचारी

नेपालखोज २०७९ पुष २४ गते ९:०६

काठमाडाैं । एलेन मस्कको माइक्रो ब्लगिङ साइट ट्विटरले थप कर्मचारी निस्कासन गरेको छ । अहिले निकालिएकाहरूमा एसिया–प्रशान्त क्षेत्रका लागि साइट अखण्डता प्रमुखको रूपमा हालसालै नियुक्त भएका नुर अजहर बिन अयोब र ट्विटरका राजस्व नीतिका वरिष्ठ निर्देशक एनालुइसा डोमिन्गेज पनि छन् ।

ब्लुमबर्ग समाचारले दिएको जानकारी अनुसार ट्विटरको एक दर्जन थप कटौतीले कम्पनीको डब्लिन तथा सिंगापुर कार्यालयका कामदारहरूलाई असर गरेको छ । प्लेटफर्ममा गलत सूचना, विश्वव्यापी अपिल र राज्य मिडियामा नीति ह्यान्डल गर्ने टिमका कामदारहरूलाई पनि हटाइएको छ ।

यसैगरी ट्विटरमा प्रयोगकर्ताको संख्या ३० प्रतिशतभन्दा बढीले घट्नुका साथै गिरावट जारी छ। तथ्यांक अनुसार जनवरीको पहिलो साता करिब १८ लाख सक्रिय प्रयोगकर्ता घटेको ट्विटरमा डिसेम्बरको सुरूमा २५ लाखभन्दा बढि प्रयोगकर्ता घटेका थिए ।

प्रतिक्रिया