बिहीबार, जेठ २, २०८२

भानुअटुमा ७.० म्याग्निच्युडको भूकम्प

नेपालखोज २०७९ पुष २४ गते २२:१०

सिड्नी । प्रशान्त महासागरीय देश भानुअटुमा तटीय क्षेत्रमा आइतबार राति ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (यूएसजीएस)ले जनाएको छ ।

यूएसजीएसले भानुअटुको पोर्ट-ओलरी गाउँबाट करिब २५ किलोमिटरको दूरीमा स्थानीय समयअनुसार शनिबार ११ः३० बजे भूकम्प गएको हो । हवाईस्थित ‘एनडब्लूएस प्यासिफिक सुनामी वार्निङ सेन्टर’ले भानुअटुका केही तटीय क्षेत्रमा ज्वारभाटाको सतहभन्दा ०.३ देखि एक मिटर माथिसम्म सुनामीका छाल आउन सक्ने जनाएको छ ।

न्यू क्यालेडोनिया र सोलोमन टापुमा ०.३ मिटरभन्दा साना छाल आउन सक्ने बताइएको छ । भानुअटु प्रशान्त महासागरको ‘रिङ अफ फायर’ को एक भाग हो, जहाँ टेक्टोनिक प्लेटहरू टकराउँद छन् र यसले बारम्बार भूकम्पीय र ज्वालामुखी गतिविधि हुने गर्दछ ।

प्रत्यक्षदर्शीहरूले राजधानी होनियाराका केही भागहरूमा शक्तिशाली कम्पनका कारण सामानहरू भुइँमा ढलेको र फुटेको बताइए पनि कुनै क्षतिको विवरण तत्काल प्राप्त हुनसकेको छैन ।

भूकम्पका कारण भानुअटु र नजिकैको पपुवा न्यू गिनीको तटीय क्षेत्रलाई ३० सेन्टिमिटर ९१२ इन्च० सम्मको सुनामीको छालआउन सक्ने चेतावनी दिइएको छ । भानुअटुको उत्तरमा रहेको सोलोमन टापुमा गत नोभेम्बरमा पनि ७।० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

प्रतिक्रिया