यस्तो छ प्रदेश सभामुख/उपसभामुखको भागबन्डा

काठमाण्डौं । प्रदेशको नेतृत्व टुंगो लगाएको सत्ता गठबन्धनले प्रदेशसभा सभामुख, उपसभामुखको भागबन्डा पनि मिलाएको छ ।
सहमति अनुसार नेकपा माओवादी केन्द्रले ४ वटा प्रदेशसभाको सभामुख पाउने छ भने एमाले २ र राप्रपाले १ सभामुख पाउने छ । प्रदेश १ मा माओवादी केन्द्रको सभामुख र एमालेको उपसभामुख हुने छ । वाग्मती प्रदेशमा राप्रपाले सभामुख र एमाले उपसभामुख प्राप्त गर्ने छ । गण्डकी प्रदेशसभा माओवादी केन्द्रले सभामुख र उपसभामुख एमालेले प्राप्त गर्ने छ ।
लुम्बिनीमा सभामुख माओवादी केन्द्रको भागमा परेको छ भने उपसमाभुख राप्रपाले प्राप्त गर्ने छ । कर्णाली प्रदेशमा एमालेले सभामुख र माओवादी केन्द्रको भागमा उपसभामुख परेको छ । सुदूरपश्चिममा माओवादी केन्द्रले सभामुख प्राप्त गर्ने छ । नागरिक उन्मुक्ति पार्टीले उपसभामुखमा प्रस्ताव गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीको दाबी गर्दै आएको छ । उद्यपी, सत्ता साझेदार दलहरुको बैठकले प्रदेश नं १, गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको छ ।
प्रतिक्रिया