शनिबार, वैशाख १३, २०८२

मंगलबार गणेश भगवानको पूजा यसरी गर्नुहोस्

नेपालखोज २०७९ पुष २६ गते ६:००

काठमाडाैं । विहान सबेरै उठेर स्नान गरेर चोखो कपडा लगाउने । त्यसपछि घरमा सम्भव भए घरमै पूजा गर्ने। यदि छैन भने नजिकै रहेको गणेश मन्दिरमा गएर पूजा गर्ने ।

विशेष गरेर गणेशको पूजा गर्नलाई मंगलबार राम्रो मानिन्छ । त्यसकारण व्रत बसी विधिवत रुपमा पूजा गर्दा सोचेभन्दा राम्रो हुने मान्यता रहेको छ ।

गणेश भगवानको पूजा गर्दा घ्यू अपर्ण गर्नु अत्यन्तै आवश्यक रहेको हुन्छ । यदि धनको लागि भगवान गणेशको व्रत बसेको हो भने गणेशलाई घ्यू अपर्ण गर्दा छिट्टै प्रशन्न हुने धार्मिक विश्वास रहेको छ ।

गुलियो खाने कुराहरूबाट प्रशन्न हुने भएकाले गणेश भगवानलाई सख्खरबाट बनेका गुलिया चिजहरू चढाउनुपर्छ। त्यतिमात्रै हैन गणेशलाई खुसीबनाउने पूजागर्दा वस्त्र पनि चढाउनुपर्छ । यसरी विधिपूर्वक तरिकाले भगवान गणेशको पूजा गरे जीवनमा सफलता हात पर्ने मान्यता रहेको छ ।

प्रतिक्रिया