कुन राशिका व्यक्तिलाई करियरको क्षेत्रमा सफलता मिल्नेछ ? कसले गर्नुपर्नेछ संघर्ष ?
वर्ष – २०२३ लाई सबैले हर्षोल्लासका साथ स्वागत गरेका छन् । वार्षिक राशिफलका अनुसार यो वर्ष सबै राशिका लागि मिश्रित रहनेछ । तै पनि केही यस्ता राशि छन् जसले आगामी वर्ष धेरै क्षेत्रमा प्रगति देख्नेछन् र आर्थिक मामिलामा पनि लाभ मिल्नेछ। यद्यपि करियर एउटा यस्तो क्षेत्र हो जसका लागि युवाहरु सधैं चिन्तित रहन्छन् । वार्षिक करियर राशिफल मार्फत यो वर्ष कुन राशिका ब्यक्तिले कार्यस्थलमा कस्तो परिवर्तन देख्न सक्छन जान्ने प्रयास गरौं ।
मेष : वर्षको शुरुमा सफलता मिल्नेछ । यसका साथै कार्यस्थलमा आउने समस्याबाट मुक्ति मिल्ने सम्भावना छ । यो वर्ष वरिष्ठ र सहकर्मीहरुको पूर्ण सहयोग रहनेछ। अगस्ट तिर पदोन्नतिको सम्भावना पनि छ । व्यवसायीले केही उतारचढाव देख्नुपर्नेछ तर समयसँगै अवस्था सामान्य हुनेछ ।
वृष : वृष राशिका मानिसहरूका लागि वर्ष २०२३ ले नयाँ अवसर ल्याइरहेको छ। यसका साथै यो वर्ष आफ्नो क्षमता देखाउने पूर्ण अवसर प्राप्त हुनेछ । नयाँ काम खोज्नेहरूले पनि सफलता प्राप्त गर्नेछन् । नयाँ सम्भावना पनि सृजना भैरहेको छ। वर्षभरि नै मेहनत अनुसार फल मिल्नेछ । वर्षको मध्य तथा अन्तिम केही महिना कार्यस्थलमा उतारचढाव देखा पर्न सक्छ।
मिथुन : मिथुन राशिका व्यक्तिहरुका लागि कार्यस्थलमा शुभ योग छ । यद्यपि वर्षको शुरुवातमा केही उतारचढाव देखा पर्न सक्छ । कार्यक्षेत्रमा आफूलाई प्रमाणित गर्ने धेरै अवसर प्राप्त हुनेछन् र समयसँगै भाग्यले पनि साथ दिनेछ। कुनै पनि कुराले बरिस्ठ अधिकारीसँगको आफ्नो सम्बन्ध बिगार्न सक्छ भन्ने कुरामा ध्यान पुर्याउनु होला ।
कर्क : वर्ष लाभदायक साबित हुनेछ भने केही महत्वपूर्ण परिवर्तन पनि देख्न सकिनेछ । यो वर्ष जागिर परिवर्तन गर्ने सोच आउन सक्छ जसले आम्दानि वृद्धि गर्नेछ । मे महिनामा केही समस्या सृजना हुन सक्छ, त्यसैले सावधान रहनुका साथै आफ्नो भावनालाई नियन्त्रण गर्नुहोला ।
सिंह : सिंह राशिका व्यक्तिहरूका लागि वर्ष २०२३ धेरै महत्त्वपूर्ण छ । यो वर्ष नयाँ व्यवसाय सुरु गर्न चाहनेहरुले सकारात्मक परिणाम हात पार्नेछन । यसका साथै कार्यक्षेत्रमा नयाँ उपलब्धि हात पर्नेछ । रोजगारीका लागि यो वर्ष महत्वपूर्ण र लाभदायक रहनेछ।
कन्या : वर्षको सुरुवात शुभ रहनेछ । व्यापारिक क्षेत्रमा सफलता हात पर्ने प्रबल सम्भावना छ । अप्रिल महिना भित्रमा कुनै नयाँ काम गर्नु लाभदायक साबित हुनेछ । कामका लागि विदेश यात्राको सम्भावना पनि देखिन्छ । तुला : वर्ष २०२३ तुला राशिका व्यक्तिहरूका लागि आत्मनिरीक्षणको समय हो । त्यसैले यो वर्ष कार्यस्थलमा आफ्ना लागि कमजोरी बन्न सक्ने कुराहरू प्रति सजग रहनुहोला । वर्षको शुरुमा रोजगारी परिवर्तनको सम्भावना पनि सृजना भैरहेको छ । यो अवधिमा कामको खोजीमा लागेकाहरूले पनि सफलता हात पार्नेछन ।
वृश्चिक : आफ्नो परिश्रम अनुसार लाभ मिल्नेछ भने योजनालाई ध्यानमा राखी काम गर्दा सफलता हात लाग्नेछ । अप्रिल महिनामा बढुवाको सम्भावना पनि छ । जुन- जुलाई तिर उतारचढावको स्थिति देखा पर्न सक्छ , सजग रहनु होला ।समयसँगै धेरै कुरा सामान्य हुँदै जानेछ । वर्षको अन्तिम महिनामा वैदेशिक यात्राको सम्भावना छ ।
धनु : काममा अलि बढि सजग र सचेत रहनु पर्ने देखिन्छ । किनभने गलत निर्णयले समस्यामा पार्न सक्छ । वर्षको शुरुमा सफलताको सम्भावना सृजना भैरहेको छ । अप्रिल र अगस्टको बीचमा काम परिवर्तन नगर्नु होला । त्यसपछि धेरै बाटो खुलेको देखिन्छ जसबाट आफु लाभान्वित भइनेछ ।
मकर : मकर राशिका लागि यो वर्ष महत्वपूर्ण छ । कारण यो वर्ष मकर राशिबाट शनिको साढे सात समाप्त हुँदैछ । व्यापारमा लाभ हुनेछ भने लगानीबाट पनि फाइदा हुने संकेत देखिन्छ । यो वर्ष थप परिश्रम गर्नु पर्नेछ । नजिकका व्यक्तिबाट लाभ मिल्नेछ। कार्यस्थलमा पनि सकारात्मक परिणाम देखिनेछ ।
कुम्भ : वर्ष २०२३ लाभदायक सावित हुने छ । यो वर्ष नयाँ व्यक्तिहरूसँग अन्तरक्रिया हुन सक्छ , जसका कारण व्यवसाय विस्तारको सम्भावना सृजना भैरहेको छ । वर्षको प्रारम्भमा करियरमा सफलता मिल्ने देखिन्छ । यद्यपि समय बित्दै जाँदा पदोन्नतिमा कठिनाइ सृजना हुन सक्छ ।
मीन : काममा सफलता मिल्नेछ । फेब्रुअरी महिनामा शनि सुरु हुने भएकाले सावधानी अपनाउनुपर्ने अवस्था छ । अप्रिलमा भाग्यको पूर्ण सहयोग रहनेछ तर समयसँगै समस्या पनि बढ्न सक्छ । त्यसैले यो अवधिमा सावधान रहनुपर्नेछ ।
जरुरी जानकारि : यो लेखमा समावेश कुनै पनि जानकारी/सामग्री/गणनाको शुद्धता वा विश्वसनीयताको ग्यारेन्टी छैन। विभिन्न माध्यम/ज्योतिषी/पंचांग/प्रवचन/विश्वास तथा शास्त्रबाट सङ्कलन गरेर यो जानकारी तयार पारिएको हो । हाम्रो उद्देश्य केवल जानकारी प्रदान गर्नु हो । प्रयोगकर्ताहरूले यसलाई जानकारीका रूपमा मात्र लिनुपर्छ । यसको कुनै पनि प्रयोग प्रयोगकर्ताको मात्र जिम्मेवारीमा हुनेछ । त्यसरी कुनै काम गर्नु परे सम्बन्धित जानकार वा बिज्ञको प्रत्यक्ष मदत लिनु होला ।
प्रतिक्रिया