कहाँ कति घट्यो हवाई भाडा ?
नेपालखोज
२०७९ पुष २६ गते ७:०२

काठमाडाैं । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो ।
सङ्घका अनुसार काठमाडौंदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै ८ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि भाडा सात हजार पाँच सय दश कायम भएको छ । काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा रु १६ हजार एक सय ४० कायम भएको छ ।
काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा ६ सय ८५ भाडा घटेर अधिकतम १४ हजार २ सय ५ कायम भएको छ । काठमाडौँ–सिमराको भाडा १ सय ८० रुपैयाँ घटेको छ । त्यस्तै काठमाडौँ–भद्रपुरमा ६ सय, काठमाडौँ–विराटनगरमा ४ सय ८५, काठमाडौँ–जनकपुरमा २ सय ६०, काठमाडौँ–भरतपुरमा २ सय १५ तथा काठमाडौँ–पोखरामा ३ सय २० रुपैयाँ भाडा घटेको छ ।
सम्बन्धित

प्रतिक्रिया