प्रदेश १ : १३ मन्त्रालय घटाएर ९ मा झारिने

काठमाण्डौं । प्रदेशको संरचना राजनीतिक भर्तिकेन्द्र मात्रै बन्यो, यसलाई खारेज वा परिमार्जन गर्नुपर्छ भन्ने आवाज उठिरहेको बेलामा प्रदेश १ मा बनेको नयाँ सरकारले नेतृत्वप्रति आशा जगाउने पहिलो निर्णय गरेको छ ।
प्रदेशको चौथो मुख्यमन्त्री बनेका नेकपा एमालेका नेता हिक्मत कार्की नेतृत्वको प्रदेश १ सरकारले मन्त्रालय घटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले विद्यमान मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको मन्त्री भक्ति सिटौलाले जानकारी दिए ।
उनका अनुसार मन्त्रालय र मन्त्री धेरै भयो भन्ने गुनासो सम्बोधनका लागि पनि मन्त्रालयको संख्या घटाउने निर्णय गरिएको हो । यसअघि प्रदेश १ सुरूमा ७ वटा मन्त्रालय थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धन बनेपछि मन्त्रालय संख्या बढाएर १३ सम्म पु¥याइएको थियो ।
मन्त्रिपरिषद बैठकले सेवा प्रवाहको अवस्था सुधार गर्न प्रशासन सुधार कार्यदल गठन गर्ने, शीतलहरबाट जोगिन पूर्वतयारी गर्ने लगायतका निर्णय पनि गरेको मन्त्री सिटौलाले जानकारी दिए ।
प्रतिक्रिया