नेपाली सेना र अमेरिकी सेनाबिच सयुक्त अभ्यास सुरु

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबिच संयुक्त अभ्यास सुरु भएको छ । छाउनीस्थित महावीर योजना तथा समन्वय महाशाखामा मंथलबारदेखि नेपाली सेना र अमेरिकी सेनाको सयुक्त अभ्यास एक्स टेक नेल २३-३०११ को शुभारम्भ भएको हो ।
विशेष फौज बाहिनीपति सहायक रथी भुवन खत्रीको उपस्थितीमा सोमबार शुभारम्भ भएको उक्त संयुक्त अभ्यासमा नेपाली सेनाका ४५ जना तथा अमेरिकी सेनाका १९ जनाको सहभागित रहेको छ । २०७९ माघ २० गतेसम्म संचालन हुने यस अभ्यासमा हाई एगल रेस्क्यु, कम्व्याट सर्च एण्ड रेस्क्यु, एयर क्र्याफ्ट रेस्क्यु, हाई अल्टिच्युट र अल्पाईन रेस्क्यु र स्वीफ्ट वाटर रेस्क्यु जस्ता विषयहरु समावेश छन् । छाउनी र नगरकोट ईलाकामा संचालन हुने उक्त अभ्यासको यो १२ औं संस्करण हो ।
यस किसिमको संयुक्त अभ्यासबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजमा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार सम्बन्धि ज्ञान तथा क्षमता अभिबृद्धि हुनुको साथै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

प्रतिक्रिया